एजेन्सी । स्पेनिस अन्तर्राष्ट्रिय खेलाडी रोड्रीले व्यवसायिक फुटबलको प्रतिष्ठित अवार्ड बालोन डिओआर जितेका छन् ।
सोमवार राति पेरिसमा भएको समारोहमा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले सन् २०२४ को बालेन डिओआर जितेका हुन् ।
२८ वर्षिय खेलाडीले स्पेनिस महारथी क्लब रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरलाई आश्चर्यजनक रुपमा पछि पार्दै प्रतिष्ठित अवार्ड जित्न सफल भयो ।
रोड्रीले स्पेनका लागि युरोकप र सिटीका लागि प्रिमियर लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
प्रतिष्ठित अर्वाडको मनोनयनमा दोस्रो र तेस्रो स्थानमा क्रमशः रियल मड्रिडका भिनिसियस जुनियर र जुधे बेलिङघम रहे ।
यसअघि भिनिसियसलाई उक्त अवार्र्डको प्रमूख दाबेदारका रुपमा लिइएको थियो ।