एजेन्सी । स्पेनिस महारथी रियल मड्रिड सुपरकोपा दि इस्पानाको फाइनलमा प्रवेश गरेको छ ।
विहिवार राति भएको सेमिफाइनल खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी माल्लोर्कामाथि ३–० को सहज जित निकाल्दै रियल मड्रिड स्पेनिस नकआउट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
साउदी अरबियाको जेदाहस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रंगशालामा भएको खेलमा मड्रिडलाई उपाधि नजिक पु¥याउन जुधे बेलिङघम र रोड्रिगोले गोल गर्दा अर्को एक गोल माल्लोर्काका मार्टिन भालजेन्टले आत्मघाती उपहार दिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६३ औं मिनेटमा बेलिङघमले गोल गर्दै मड्रिडलाई १–० ले अघि बढाए ।
यता, खेलको इन्जुरी समयको दोस्रो मिनेटमा माल्लोर्काका भालजेन्टले आत्मघाती गोल गर्न पुग्दा मड्रिड २–० ले अघि बढ्यो ।
त्यस्तै, इन्जुरी समयकै पाँचौं मिनेटमा लुकास भाज्क्वेजको पासमा रोड्रिगोले गोल थप्दा मड्रिड ३–० ले विजयी भयो ।
अब मड्रिडले उपाधि भिडन्तमा चिरपरिचि प्रतिद्वन्दी बार्सिलोनासंग सोमवार राति प्रतिस्पर्धा गर्ने तय भएको छ ।