
एजेन्सी । ला लिगा क्लबद्वय स्पेनिस प्रतिष्ठित कप कोपा डेल रेको क्वाटरफाइनलम प्रवेश गरेको छ ।
विहिवार राति भएको कोपा डेल रेअन्तर्गतका आ–आफ्नो खेलमा जित हात पार्दै क्पाटरफाइनलको स्थान पक्का गरेको हो ।
इस्टाडियो डी ला सेरामिका रंगशालामा भएको खेलमा रियल मड्रिडले दुई गोलले पछि परेको स्थितिलाई उल्टाउँदै जित हात पारेको थियो ।
मड्रिडलाई पुनरागमन जित दिलाउन भिनिसियस जुनियर, इडेर मिलिताओ र डानी सेबालोसले गोल गरे । यता, भिल्लारियलका लागि इतिन्ने कापौइ र स्यामुइल चुक्वुजेले गोल गरे ।
रोमाञ्चक खेलको चौथौं मिनेटमा कापौइको गोलमार्फत भिल्लारियलले खेलमा अग्रता लिएको थियो । त्यस्तै, ४२ औं मिनेटमा चुक्वुजे गोल गर्दा भिल्लारियद २–० को अवस्थामा पुगेको थियो ।
तर दोस्रो हाफको ५७ औं मिनेटमा भिनिसियसले गोल गर्दै मड्रिडलाई खेलमा फर्काउने संकेट गर्यो । ६९ औं मिनेथमा इडरले गोल गर्दा मड्रिड खेलमा २–२ को बराबरीमा फर्कियो ।
यता, ८६ औं मिनेटमा डानीले गोल गर्दा मड्रिडले ३–२ को पुनरागमन जित रच्यो ।
गयराति नै सम्पन्न अर्को खेलमा बार्सिलोनाले सेउटामाथि ५–० को फराकिलो जित हात पार्यो ।
बार्सिलोनाका लागि राफिन्नाले खेलको ४२ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, ५० औं मिनेटमा रोर्बटो लेवान्डोस्कीले गोल गर्दै बार्सालाई खेलमा २–० ले अघि बढाए ।
यता, परिर्वतित खेलाडीका रुपमा मैदान छिरेका युवा खेलाडी आसु फातीले खेलको ७० औं मिनेटमा गोल गर्दा बार्सा खेलमा ३–० ले अघि बढ्यो ।
७७ औं मिनेटमा फ्याकं केइसे र ९० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दा बार्सिलोनाले एकपक्षिय रुपमा खेल ५–० ले जित्यो ।