एजेन्सी । ला लिगा क्लब रियल मड्रिडले प्रिमियर लिग क्लब लिभलपूलमाथि जित निकाल्दै युरोपेली फुटबलकोको सर्वोच्च प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधवार राति भएको जारी सिजनको च्याम्पिन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेग खेलमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब लिभरपूलमाथि १–० को जित हात पार्दा समग्रमा ६–२ को जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।

स्याटियागो बेर्नाबाउमा भएको खेलमा साविक विजेता समेत रहेको मड्रिडका लागि एकमात्र गोल करिम बेन्जामाले खेलको ७८ औं मिनेटमा गरेका थिए । उक्त गोलका लागि भिनिसियस जुनियरले असिस्ट प्रदान गरेका थिए ।

पराजयसंगै मर्सिसाइड क्लब लिभरपूलको युरोपेली यात्रा भने टुंगिएको छ ।

यता, गयराति नै भएको अर्को प्रि–क्वाटरफाइनल खेलमा सिरी ए लिडर नापोलीले बुडेसलिगा क्लब इन्ट्राक्ट फ्यांकफ्रुटमाथि सहज जित रच्दै युरोपेली फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिताको अन्तिम आठ यात्रा तय गरेको छ ।

घरेलु मैदान डिएगो म्यारेडोना रंगशालामा भएको खेलमा नापोलीका लागि जारी सिजन उच लयमा रहेका भिक्टर ओसमानले दुई गोल गर्दा पिटर जेलेनस्कीले एक गोल गरे ।

खेलमा पहिलो हाफको ४५ मिनेट समयपछि थपिएको अतिरिक्त समयको दोस्रो मिनेटमा ओसमानले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै, दोस्रो हाफको ५३ औं मिनेटमा ओसमानले नै गोल गर्दा नापोली खेलमा २–० ले अघि बढ्यो ।

त्यसपछि ६४ औं मिनेटमा पेनाल्टीमार्फत जेलेनस्कीले गोल गर्दा खेल सहज रुपमा नापोलीले ३–० ले जित्दा समग्रमा ५–० को फराकिलो जित हात निकाल्न सफल भयो ।

यसअघ पहिलो लेग खेलमा नापोलीले २–० को जित निकालेको थियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.