एजेन्सी । स्पेनिस महारथी बार्सिलोना ला लिगामा रियल बेटिससंग बराबरीमा रोकिएको छ ।
सनिवार राति भएको खेलमा लिग लिडर बार्सिलोना रियल बेटिससंग २–२ को बराबरीमा रोकिएको हो ।
बेटिसको घरेलु मैदान बेनिटो भिल्लामरिन रंगशालामा भएको खेलमा बार्सिलोना अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोक्न पुग्यो ।
पहिलो हाफको ३९ औं मिनेटमा जुलेस कौन्डेको पासमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दा भ्रमणकारी टोली १–० ले अघि बढ्यो ।
तर, दोस्रो हाफको ६८ औं मिनेटमा जियोभानी लो सेल्सोले पेनाल्टीमा घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, ८२ औं मिनेटमा लामिन यामलको पासाम फेरान टोरेसले गोल गर्दा क्याटलना टोली पुनः २–१ ले अघि बढ्यो ।
तर, खेलको इन्जुरी समयको चौथौं मिनेटमा ऐटर रुइबलको पासमा असाने डियाओले बेटिसका लागि गोल फर्काउँदा खेल २–२ को बराबरीमा सकियो ।
बराबरीसंगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १७ खेलबाट ३८ अंक जोडेको छ ।
घरेलु टोली बेटिसको भने १६ खेलमा २१ अंक जोडेर तालिकाको ११ औं स्थानमा रहेको छ ।