MANCHESTER, ENGLAND - SEPTEMBER 28: (EXCLUSIVE COVERAGE) of Manchester United in action during a first team training session at Carrington Training Ground on September 28, 2022 in Manchester, England. (Photo by Matthew Peters/Manchester United via Getty Images)

एजेन्सी । इंग्लिस प्रिमियर लिगको जनवरी महिनाको प्रिमियर लिग प्लेयर अफ द मन्थ अवार्ड म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कुस रासफोर्डले जितेको छ ।

रासफोर्डले आर्सनलका बुकायो साका, म्यानचेस्टर सिटीका रियाद महारेज, नटिङघम फोरेस्टका ब्रेनान जोनसन, ब्रेन्टफोर्डका गोलकिपर डेभिड राया, ब्राइटनका सोले मार्च र न्युक्यासल युनाइटेडका डिफेन्डर ड्यान ब्रुनलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् ।

जारी सिजन उत्कृष्ट लयमा रहेका रासफोर्डले जनवरी महिनामा ४ खेलमा ३ गोल गरेका थिए । २४ वर्षिय खेलाडीले प्रिमियर लिगअन्तर्गत जनवरी महिनामा बर्नमाउथ र म्यानचेस्टर सिटीविरुद्व गोल गरेका थिए ।

प्लेयर अफ द मन्थ अवार्ड महिनाभरीमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई दिइने अवार्ड हो ।

इंग्लिस राष्ट्रिय टोलीका सदस्यसमेत रहेका खेलाडीले जारी सिजन दोस्रो पटक यो अवार्ड जितेका हुन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.