
भक्तपुर । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिबिया सिरिजमा एक खेल पनि जित्न नसकेपछि नेपालका राष्ट्रिय क्रिकेट टिमका मूख्य प्रशिक्षक मनोज प्रभारकरलाई पद छोड्न दवाव परेको छ ।
नेपाली टोली उनको नेतृत्वमा निरन्तर खराब प्रदर्शनबाट ग्रुजिएसंगै उनलाई पद छोड्न चौतर्फी दवाव सिर्जना भएको हो ।
नामिबियामा एकिदिन अगाडी सम्पन्न सिरिजमा एक खेल बाहेक खेलेका सबै खेलमा नेपाल पराजित रहेको थियो । अपराजित एक खेल पनि बर्षाका कारण स्थगित हुन पुगेको थियो ।
भारतिय नागरिक प्रशिक्षक प्रभाकर छुट्टी मनाउन भन्दै स्वदेश फर्कदैछ ।
तत्कालिन प्रशिक्षक पुबुदु दासनाइकेले अकस्मात राजिनामा गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले भारतिय प्रशिक्षकलाई मूख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।