भक्तपुर । राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव किशोर बहादुर सिंहको निधन भएको छ ।
ब्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका सिंहको बिहीबार ७५ वर्षको उमेरमा निधन भएको हो ।
उनले ६ पटक राष्ट्रिय ब्याडमिन्टन जितेका थिए । सिंहको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
सिंह वि. सं. २०५९ सालदेखि २०६३ सम्म राखेपका सदस्य सचिव रहेका थिए ।