भक्तपुर । २० वर्षमूनीको यू–२० महिला च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार मुख्य प्रशिक्षक यम गुरुङले प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट गरेको जनाएको हो ।
प्रारम्भिक टोलीमा गोलकिपरतर्फ कविता विक, सावित्री किशन, लिला जोशी, पुजा थापा, सुजाता तामाङ र मिरा राई समेटिएका छन् ।
त्यस्तै, डिफेन्डरमा रोजिना विष्ट, अनिशा कुँवर, दीपा पुन, सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, शोभा क्षेत्री, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, गंगा रोकाया र कुमारी तामाङ रहेका छन् ।
यता, मिडफिल्डतर्फ तुलसा बोहरा, सुशीला केसी, बिर्सना चौधरी, सुष्मा जीटी, सलिना सारु, मणिद्रा राई, कुसुम खतिवडा, जेनिफर राणा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माछामासी, सरस्वती राई, दीपाली हमाल र सरस्वती शाह समेटिएका छन् ।
फरवार्डतर्फ गरिमा राई, अमिशा कार्की, ममता पुन, अञ्जली चन्द, वर्षा ओली, सदिपा भोलान र सेनु परियार छनोट भएका छन् ।
बंगलादेशको ढाकामा आयोजना हुने यू–२० साफ माघ २० गतेदखि २६ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान गरि चार राष्ट्रको सहभागितत रहनेछ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।