भक्तपुर । २० वर्षमूनीको साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित हुँदै नेपाल उपविजेतामै सिमित भएको छ ।
बिहीबार भएको फाइनल खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–० ले पराजित भएसंगै उपविजेतामा सिमित भएको हो ।
बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल रंगशालामा भएको खेलमा बंगलादेशका लागि शाहिदा अक्टर रिपा, शाम सुनाहर जुनियर र उन्नोती खातुनले समान एक–एक गोल गरे ।
खेलको ४२ औं मिनेटमा शाहिदाले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएका थिइन् ।
त्यस्तै, पहिलो हाफको अन्त्यतिर शाम सुनाहरले गोल गर्दा बंगलादेश खेलमा २–० ले अघि बढेका थिए । दोस्रो हाफको ८७ औं मिनेटमा उन्नोतीले गोल गर्दा बंगलादेशले खेल ३–० ले जिते ।
४ राष्ट्र सहभागी प्रतियोगितामा बंगलादेशले अपराजित रहँदै उपाधि जितेको हो ।