भक्तपुर । २० वर्ष मूनीको यू–२० नेपाली राष्ट्रिय महिला फुटबल टोलीको दोस्रो चराणमा ३० खेलाडीलाई छनोट गरिएको छ ।
यू–२० महिला टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले शुक्रबार ४० सदस्यीय टोलीबाट ३० खेलाडीलाई छनोट गरेका हुन् ।
छनोट भएका खेलाडीहरुमा गोलकिपरतर्फ कविता विक, सावित्री किसान, लिला जोशी, पुजा थापा र सुजाता तामाङ रहेका छन् ।
त्यस्तै, रक्षपंक्तिमा सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, शोभा क्षेत्री, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी र गंगा रोकाया छानिएका छन् ।
मध्यपंक्तिमा कुमारी तामाङ, तुलसा बोहरा, सुष्मा जीसी, कुसुम खतिवडा, जेनिफर राणा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली मचामसी, सरस्वती हमाल, हीमा रावत र दीपा शाही रहेका छन् ।
त्यस्तै, अग्रपक्तिमा गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द र सदिपा भोलान छनोट हुन सफल भएका छन् ।
बन्दसत्रमार्फत अन्तिम टोलीमा समेटिने खेलाडीहरुले सन् २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म बंगलादेशको ढाकामा हुने साफ यू–२० महिला च्याम्पियनसिप खेल्नेछ ।