भक्तपुर । १९ वर्षमनीको वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशले आ–आफ्ना खेलमा जित हात पारेको छन् ।

आइतवार, सुदुरपश्चिम प्रदेशले गण्डकी प्रदेशमाथि १ सय १३ रनको जित हात पार्दा कर्णाली प्रदेशले मधेश प्रदेशलाई २ विकेटले पराजित गरेको हो ।

काठमाडौंस्थित टियू क्रिकेट मैदानमा सुदुरपश्चिमले दिएको २ सय १४ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा गण्डकी ३२.५ ओभरमा मात्र १०० बनाइ अलआउट हुन पुग्यो ।

गण्डकीका लागि गोविन्द विकले सर्वाधिक २२ रन बनाए । अर्जुन कुमालले २० रनको योगदान दिए । त्यस्तै, कप्तान सुवास भण्डारीले १६ रन जोड्दा करन पगेंनीले १५ रनको योगदान दिए ।

यता सुदुरपश्चिमका लागि मिलन बोहोराले ६ विकेट लिदा अकाश चन्दको नाममा २ विकेट रह्यो ।

त्यसअघि पहिला ब्याटिङ गरेको सुदुरपश्चिमले ४९.३ ओभरमा अलआउट हुदै २ सय १३ रन बनाएको थियो ।

सुदुरपश्चिमका लागि आकाश चन्दले ४५ बलमा सर्वाधिक ४० रन जोडे । त्यस्तै, कप्तान अनुराग सिंहले ७१ बलमा ३७ रनको योगदान दिए ।

नरेन साउदले २८ रनको योगदान गर्दा मिलन बोहोराले २४ रन बनाए । त्यस्तै, गजेन्द्र बोहोरा सुनिल चन्द र हेमन्त धामीले समान १९–१९ रनको योगदान दिदा दिपक बोहोराभने ११ बनाउदै आउट भए ।

गण्डकीका लागि कप्तान सुवास भण्डारीले ३ तथा सुदिप अर्याल, सचिनराज अधिकारी,अर्जुन कुमाल,सिब्रिन श्रेष्ठ,निर्तिश गिरि र शिशिर भुषालले समान १–१ विकेट लिएका थिए ।

यता मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशले १ सय ३६ रनको विजयी लक्ष्य ३४.४ ओभर खेल्दै ८ विकेटको क्षतिमा पूरा गर्यो ।

कर्णालीको जितमा मोहन विक ४० बलमा ६ चौकासहित सर्वाधिक ३८ रनमा अविजित रहे । त्यस्तै, मनिश थापाले ३२ रन बनाउँदा अनिरुद्ध कवरले १६ तथा सुवास ऐरले १४ रनको योगदान गरे । अवास शाह १२ र सन्दीप शाही ५ रनमा आउट भए ।

मधेशका लागि रन्जित कुमारले सर्वाधिक ५ विकेट हात पार्दा अजित मण्डलले २ विकेट लिए । त्यस्तै, राजेश यादवले एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले ४१.५ ओभर खेल्दै १ सय ३५ रन बनाएर अलआउट भएको थियो । मधेशका लागि शैलेन्द्र शाहले ३१ तथा मयन यादवले १८ रन जोडेका थिए ।

त्यस्तै, शरफराज मन्सुरले अविजित १७ रन जोडेदा मेघराजले १६ रन बनाएका थिए ।

कर्णालीका लागि यूनिस सिंहले सर्पाधिक ५ विकेट लिए । मोहन विक र आवास शाहले समान २-२ विकेट लिए ।

प्रतियोगितामा सुदुरपश्चिमले लगातार तेस्रो जित निकाल्दा कर्णालीको भने पहिलो जित हो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.