भक्तपुर । १९ वर्षमूनीको यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेशले ४ बैकल्पिकसहित १८ सदस्यीय टोली घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने प्रतियोगिताका लागि गण्डकी प्रदेशिक क्रिकेट संघले टोली घोषणा गरेको हो ।
गण्डकीको टोलीमा कप्तान सुवास भण्डारीसहित दिपक डुम्रे, अर्जुन कुमाल, गोविन्द विक, सोहेल कुवँर, करन पंगेनी, सचिन अधिकारी, सिब्रीन श्रेष्ठ, अपराजित पौडेल, सुजन गौतम, किरण भट्टराई, नितेश गिरी, सुदिप अर्याल र शिशिर भुसाल समेटिदा विवेक नेपाली, सगुन सापकोटा, संयोग बस्याल र विपिनराज न्यौपाने वैकल्पिक खेलाडीमा समेटिएको छ । टोलीको प्रशिक्षकमा रिजन प्रजू रहेका छन् भने व्यवस्थापकमा श्री दिवाकर थापा रहेका छन् ।
प्रतियोगिता मंसिर ७ गतेबाट १९ गतेसम्म काठमाडौंस्थित टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।