भक्तपुर । १९ वर्षमूनीको वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ७४ रनले पराजित गरेको हो ।

कोठमाडौंस्थित टियू क्रिकेट मैदानमा बागमती प्रदेशले दिएको २ सय ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले ४५.४ ओभरमा अलआउट हुँदै मात्र २ सय १९ रन जोड्न सक्यो ।

गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ९८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, सिब्रिन श्रेष्ठले २१ रन जोड्दा कप्तान सुवास भण्डारी, गोविन्द विक र करन पंगेनीले समान १३–१३ रनको योगदान दिए । ३६ रन भने अतिरिक्त पाएको थियो ।

बागमतीका लागि अशोक पौडेलले ३ विकेट लिए । त्यस्तै, ओमकार यादव,प्रतिक श्रेष्ठ र सक्रिय कार्कीले समान २–२ विकेट लिए । अभिशेख कोईराला १ विकेट आफ्नो नाममा पारे ।

यसअघि गण्डकी प्रदेशले टस जित्दै बागमतीलाई ब्याटिङको लागि निम्ट्याएको थियो । बागमतीले ४८.१ ओभर खेल्दै २ सय ९३ रनको राम्रो लक्ष्य प्रस्तुत गरेको थियो ।

बागमतीका लागि ले उत्तम मगरले सर्वाधिक ८७ रन जोड्दा योगेश भाटले ५२ रनको अर्धशतकिय इनिङस् खेलेका थिए ।

त्यस्तै, ओमकार यादवले ३७ रन जोड्दा अभिशेख कोईरालाले ३२ रनको योगदान गरेका थिए । यता, अर्थब पौडेलले २१ रन जोड्दा सक्षम बास्कोटाले १८ रन बनाएका थिए ।

गण्डकीका लागि नितेश गिरी र सुदिप अर्यालले समान ३–३ विकेट लिएका थिए । सिब्रीन श्रेष्ठ,अर्जुन कुमाल र कप्तान सुवास भण्डारीको नाममा समान १–१ विकेट रह्यो । जितसँगै बागमती प्रदेशले २ अंक जोडेको छ ।

प्रतियोगिताअन्तर्गत भोली विहिवार सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच टियू क्रिकेट मैदानमा प्रतिस्पर्धा हुँदा गण्डकी प्रदेश र प्रदेश नम्बर १ बीच मुलपानी क्रिकेट मैदानमा खेल हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.