भक्तपुर । १९ वर्षमूनिको वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले पहिलो जित हात पारेको छ ।

जारी प्रतियोगितामा जित हात पार्ने क्रममा मधेशले गण्डकी प्रदेशमाथि ५ विकेटको जित हात पारेको हो ।

काठमाडौंस्थित टियू क्रिकेट मैदानमा २ सय १४ रनको विजयी लक्ष्य मधेशले ४८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

मधेशको जितमा मयन यादवले ४९ रनको योगदान दिँदा मेघराज रामले ४३ रनको योगदान गरे ।

त्यस्तै, अलि अन्सारीले ३२ रन जोड्दा इम्रान शेखले २७ रन जोडे । सरफराज मन्सुरले २१ रन बनाउँदा डब्लु मल्लिक २१ रनमा अविजित रहे । यता अभिषेक तिवारीले पनि अविजित रहँदै १३ रन जोडेका थिए ।

गण्डकी प्रदेशका लागि शि िभुशर भुसाल, निर्तिस गिरी, करन पंगेनी र अर्जुन कुमालले समान १‘१ विकेट लिएका थिए ।

त्यसअघि पहिला ब्याटिङमा उत्रेको गण्डकीले ४८.५ ओभरमा अलआउट हुँदै २ सय १३ रन बनाएको थियो ।

गण्डकीका लागि गोविन्द विकले ५३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, सुजन गौतमले ३० रन बनाउँदा सुदिप अर्यालले २७ रन जोडे । यता, करन पंगेनीले २५ तथा सिब्रिन श्रेष्ठले १६ रनको योगदान गरे । अर्जुन कुमालले ११ रन जोडेका थिए ।

मधेशका लागि नितिश यादव, साइमन राय, अभिषेक तिवारी र अविजित मण्डलले समान २–२ विकेट हात पार्दा निकेश गुप्ताले १ विकेट आफ्नो नाममा पारे ।

खेलको प्लेयर अफ द म्याच मधेस प्रदेशका मयान यादव घोषित भए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.