भक्तपुर । १९ वर्ष मूनीको वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत विहिवार सुदुरपश्चिम प्रदेश र प्रदेश नम्बर १ ले विजय हासिल गरेको छ । काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले गण्डकी प्रदेशलाई २१ रनले पराजित गर्दा टियू क्रिकेट मैदानमा सुदुपश्चिम प्रदेशले कर्णाली प्रदेशमाथि ५ विकेटको जित हात पारेको हो ।

प्रदेश १ ले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले ४८.३ ओभर खेल्दै मात्र १ सय ६२ बनाउन सक्यो । गण्डकीका लागि करण पंगेनीले ४८ तथा दीपक ड्रुम्रेले २५ योगदान दिँदा अर्जुन कुमालले २२ रन बनायो । त्यस्तै, कप्तान सुवास भण्डारीले १८ रन जोड । प्रदेश १ का लागि अस्वीन महतो र कप्तान दिपेश कडेंलले समान ३–३ विकेट लिए लिए । त्यस्तै, विपिन महतो र सोनु अन्सारीले २–२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले ४९.४ ओभरमा अलआउट हुदै १ सय ८३ रन बनाएको थियो । प्रदेश १ का लागि सोनु मण्डलले ६४ रनको अर्धशतकीय पारी खेले । कप्तान दिपेश कडेंलले ३६ रनको योगदान दिँदा फैजल रहमानले २६ रन जोडे । अन्य खेलाडीले दोहोरो रन जोड्न सकेन । गण्डकीका लागि शिसिर भुषालले ४ विकेट लिँदा निर्तिश गिरीले ३ विकेट हात पारे । त्यस्तै, सुवास भण्डारीले २ विकेट आफ्नो नाममा पारे ।

यता, टियू क्रिकेट मैदानमा कर्णाली प्रदेशले दिएको १ सय २८ रनको सामान्य लक्ष्य सुदुरपश्चिमले २६.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । सुदुरपश्चिमको जितमा मिलन बोहोराले ४२ रनको योगदान दिँदा दिपक बोहराले २० रन बनाए । त्यस्तै सुनिल चन्दले ११ रन जोड् । कर्णालीका लागि अनुज चुनाराले ३ तथा सन्दीप शाही र मोहन विकले समान १–१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ३२.३ ओभरमा अलआउट हुदै १ सय २७ रन बनाएको थियो । कर्णालीका लागि दिनेश अधिकारीलेअविजित ३५ रनको योगदान गरे । सुवास ऐरले ३० तथा विपीन रावलले १९ रन जोडेका थिए । त्यस्तै, आवाश शाहले १५ रन जोडेको थियो ।

सुदुरपश्चिमका लागि मिलन बोहोराले ३ विकेट लिँदा नरेन साउदले २ विकेट लिएका थिए । हेमन्त धामी र कैलाश ऐरले समान १–१ विकेट लिएका थिए ।

प्रतियोगिताअन्तर्गत भोली प्रदेश नम्बर १ र बागमती प्रदेशबीच टियू क्रिकेट मैदानमा खेल हुनेछ भने लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच मुलपानी क्रिकेट मैदानमा खेल हुँदैछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.