भक्तपुर । काठमाडौंमा सनिवारबाट सुरु भएको एसिया रग्बी यू–१८ सेभेन च्याम्पियनसिपमा नेपाली टोलीले भारतमाथि जित हात पार्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा पुल ए अन्तर्गत अन्तिम खेलमा नेपालले भारतलाई १२–१० ले पराजित गरेको हो ।
यसअघि सुरुवाती दुई खेलमा नेपाल पराजित भएको थियो । सनिवार नै भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसंग १५–७ ले पराजित हुँदा दोस्रो खेलमा मलेसियासंग ३४–० को एकतर्फी हार बेहोरेको थियो ।
एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा आजबाट काठमाडौंमा प्रतियोगिता सुरु भएको हो ।