भक्तपुर । १७ वर्षमूनीको साफ यू–१७ महिला च्याम्पियनसिप २०२३ बंगशालदेशको ढाकामा आसन्न मार्च २० देखि २८ तारिख (चैत ६ गतेदेखि १४ गते) सम्म हुने भएको छ ।
साफले सोमवार राति सामाजिक सञ्जालमार्फत आयोजनाबारे जानकारी दिएको हो ।
नेपालसहित आयोजक बंगलादेश, भारत, भुटानको सहभागिता रहने प्रतियोगितामा पाहुना टोलीका रुपमा रुसले पनि सहभागिता जनाउने भएका छन् ।
पाँच राष्ट्रको सहभागिता रहने च्याम्पियनसिप सिङ्गल राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछ । लिगमा शीर्ष स्थानमा रहँने टोली साफ च्याम्पियन हुनेछ ।
नेपालले पहिलो खेल चिरपरिचित प्रतिद्वन्दी भारतसंग चैत ६ गते खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।