
एजेन्सी । नेपालले साफ यु–२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
आईतवार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकामाथि १–० को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा घरेलु टोली नेपाललाई जिताउन निराजन धामीले गोल गरे ।
धामीले पहिलो हाफको २४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्दा नेपालले खेल १–० ले जित्यो ।
जितसंगै नेपालले समूह ‘ए’ मा महत्वपूर्ण ३ अंक जोडेको छ ।
२० वर्षमुनीको प्रतियोगिताममा नेपालसहित साविक विजेता भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी ६ राष्ट्रको सहभागिता रहेको छ ।