एजेन्सी । कोलम्बियामा जारी फिफा यु–२० महिला विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ ।
प्रतियोगिताको क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसंगै सेमिफाइनल समिकरण पूरा भएको हो ।
सेमिफाइनलमा जापान र उत्तर कोरिया, नेडरल्याण्ड्स र संयुक्त राज्य अमेरिकाले स्थान बनाउन सफल भयो ।
क्वाटरफाइनलमा एसियाली राष्ट्र जापानले युरोपेली राष्ट्र स्पेनलाई १–० ले पराजित गर्दा अर्को एसियाली राष्ट्र उत्तर कोरियाले ब्राजिललाई १–० ले नै पन्छाउँदै सेमिफाइनल यात्रा तय गर्यो ।
त्यस्तै, युरोपेली राष्ट्र नेडरल्याण्ड्सले आयोजक राष्ट्र कोलम्बियालाई ट्राइब्रेकरमा ३–० को जित रच्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।
यसअघि निर्धारित र अतिरिक्त समय २–२ को बराबरी भएपछि खेलको निर्णय ट्राइब्रेकरबाट भयो ।
यता, अमेरिका र जर्मनीको खेल पनि निर्धारित र अतिरिक्त समयमा २–२ को बराबरीमा टुंगिएसंगै खेलको निर्णय ट्राइब्रेकरबाट गरियो ।
जसमा अमेरिकाले जर्मनीलाई ३–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गर्यो ।
अब सेमिफाइनलका खेलहरु विहिवार विहान हुने तालिका रहेको छ ।
पहिलो सेमिफाइनल खेलमा अमेरिका र उत्तर कोरियाबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनल खेलमा जापानले नेडरल्याण्ड्ससंग खेल्ने तालिका रहेको छ ।