एजेन्सी । कोलम्बियामा जारी फिफा यु–२० महिला विश्वकपमा अन्तिम १६ का खेलहरु सुरु भएको छ ।

विहिवार विहान नकआउट चरणका चार खेलहरु सम्पन्न भएका छन् ।

जसअनुसार पहिलो खेलबाट ब्राजिल, दोस्रो खेलबाट स्पेन, तेस्रो खेलबाट संयुक्त राज्य अमेरिका र चौथौं खेलबाट आयोजक कोलम्बियाले जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेका छन् ।

इस्टाडियो नेमेसियो कामाचो इल काम्पिन रंगशालामा भएको खेलमा ब्राजिलले क्यामरनमाथि ३–१ को जित निकाल्दा इस्टाडियो ओलिम्पिको पास्कुल गुएरेरो रंगशालामा स्पेनले क्यानडालाई २–१ ले पन्छायो ।

इस्टाडियो नेमेसियो कामाचो इल काम्पिन रंगशालामै भएको अर्को खेलमा संयुक्त राज्य अमेरिकाले मेक्सिकोमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकाल्दा इस्टाडियो ओलिम्पिको पास्कुल गुएरेरो रंगशालामै भएको अर्को खेलमा घरेलु टोली कोलम्बियाले दक्षिण कोरियालाई १–० ले हरायो ।

अगस्ट ३१ तारिखदेखि सुरु भएको युवा महिला विश्वकपको अन्तिम १६ अन्तर्गत बाँकी खेल शुक्रवार विहान हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.