
भक्तपुर । नेपालले आईसीसी यु–१९ क्रिकेट विश्वकप एसिया क्षेत्रको छनोटमा लगातार दोस्रो जित निकालेको छ ।
सोमवार भएको खेलमा ओमानमाथि ८ विकेटको सहज जित निकालेसंगै छनोट यात्रामा लागातार दोस्रो जित निकालेको हो ।
जितसंगै नेपालले २ खेलबाट ४ अंक जोडेको छ ।
ओमानको भने यो छनोट चरणमा दोस्रो हार हो ।
काठमाडौंको मुलपानीस्थित उपर मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ११८ रनको समान्य लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपाललाई जिताउन निरोजकुमार यादवले ४६, शाहिल पटेलले ४४, कप्तान नरेन भट्टले १२ र सन्तोष कार्कीले १२ रन जोडे ।