
भक्तपुर । दक्षिण अफ्रिकामा हुने १९ वर्ष मूनीको आईसीसी यु–१९ विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै १५ औं संस्क्रणको यु–१९ विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाई गरेको हो ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का लगायतले बिदाई गरे ।
क्यानले विहिवार मात्रै यु–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो ।
नेपाली टोलीको मुख्य प्रशिक्षक जगत टमाटा रहेका छन् ।
१६ टोलीलाई ४ समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ ।
समूह चरणमा नेपालले पाकिस्तान, नेडरल्याण्ड्स र अफगानिस्तानसंग खेल्नेछ ।
नेपालले प्रतियोगिताको सुरुवाती न्युजिल्याण्डसंग जनवरी २१ तारिखमा खेल्दै गर्नेछ ।
प्रतियोगिता जनवरी १९ तारिखदेखि ११ फ्रेबअरीसम्म सञ्चालन हुनेछ ।