एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ क्रिकेट विश्वकपअन्तर्गत फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई जितका लागि २५४ रनको विजयी लक्ष्य दिएको छ ।
बेनोनीस्थित साहारा पार्क विलोमोर क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै २५३ रन बनाएसंगै भारतलाई जितका लािग २५४ रनको लक्ष्य दिएको हो ।
अष्ट्रेलियाका लागि हरजस सिंहले वकेटकिपर रायन हिक्सले ६४ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५५ रनको अर्धशतकिय पारी खेल्दा कप्तान हग वेइबगेनले ६६ बल खेल्नेक्रममा ५ चौका प्रहार गर्दै ४८ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, ओलेइ पेकले ४३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ४६ रन जोडेर अविजित रहँदा ओपनर ब्याट्सम्यान ह्यारी डिक्सनले ५६ बल खेल्नेक्रममा ३ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोडेर पेविलियन फर्किए ।
यता, विकेटकिपर रायन हिक्सले २५ बलमा २ चौका प्रहार गर्दै २० रन जोडेर आउट हुँदा चार्ली एडरसनले १८ बलमा १ छक्का प्रहार गरेर १३ रन जोड्दै पेविलियन फर्किए ।
टम स्ट्राकर ८ रनमा अविजित रहँदा राफायल म्याकमिलान २ र साम कोनस्टास शुन्य रनमा पेविलियन फर्किए ।
अष्ट्रेलियाले अतिरिक्त रुपमा १९ रन जोड्यो ।
भारतका लागि राज लिम्बानीले ३ विकेट लिँदा नमन तिवारीले २ विकेट लिए ।
त्यस्तै, सौम्य कुमार पाण्डे र मुशिर खानले समान १–१ विकेट लिए ।