
एजेन्सी । इंग्ल्याण्डले दक्षिण अफ्रिकामा भइरहेको आईसीसी यु–१९ विश्वकपअन्तर्गत समूह चरणको खेलमा स्कटल्याण्डमाथि सहज जित निकालेको छ ।
सनिवार भएको यु–१९ विश्वकप खेलमा इंग्ल्याण्डले स्कटल्याण्डमाथि ७ विकेटको सहज जित निकालेको हो ।
सहज जितसंगै समूह ‘बी’ मा रहेको इंग्ल्याण्डले २ अंक जोडेको छ ।
सिनवेस पार्क रंगशालामा भएको खेलमा १७५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्डले २६.२ ओभरमा ३ विकेट गुमाउँदै १७८ रन जोड्यो ।
इंग्ल्याण्डको जितमा कप्तान बिन म्याककिन्नेले ६८ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ८८ रनको अर्धशतकिय पारी खेल्दा ओपनर ब्याट्सम्यान जेडिन डेन्लीले ५० बल खेल्दै ३ चौका प्रहार गरेर ४० रन जोड्यो ।
त्यस्तै, नोआह थाइनले २८ बलमा २ चौका प्रहार गर्दै २२ रन जोडेर पेविलियन फर्किदा लुक बेनकेनस्टेइन ११ र हाम्जा शेख ६ रनमा अविजित रहे ।
इंग्ल्याण्डले अतिरिक्त रुपमा ११ रन जोड्यो ।
स्कटल्यमण्डका लागि इब्राहिम फैसलले ५ ओभर बलिङ गर्दै ३० रन दिएर २ विकेट लिँदा अदि हेड्जेले ५.२ ओभर बलिङ गर्दै ३६ रन खर्चिएर १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४९.२ ओभरमा अलआउट हुँदै १७४ रन जोड्यो ।
स्कटल्याण्डका लागि कप्तान तथा विकेटकिपर ओवेन ग्वेन थोमस गुल्डले ६१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४८ रन जोड्दा ओपनर ब्याट्सम्यान जेमी डंकले ७० बल खेल्दै ३ चौका प्रहार गरेर ४० रन जोड्दै आउट भए ।
त्यस्तै, लोगान ब्रिग्सले ४५ बलको सामना गर्दा १८ रन जोड्दै आउट हुँदा म्याकेन्जाई जोन्सले २५ बल खेल्दै १ चौका मद्दतमा १३ रन जोडेर पेविलियन फर्किए ।
यता, उजैर अहमदले २५ बलमा १ चौका प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा इब्राहिम फैसल ५, रुआरिध म्याकइन्ट्रे ४, अदि हेड्जे ३ र बाहदर इसाखिल शुन्य रनमा पेविलियन फर्किए ।
क्वासिम खान भने ५ रनमा अविजित रहे ।
स्कटल्याण्डले अतिरिक्त रुपमा २६ रन जोड्यो ।
स्कटल्याण्डलाई सस्तैमा अलआउट गर्न इंग्ल्याण्डका लागि फरहान अहमेदले १० ओभर बलिङ गर्नेक्रममा २ मेडन राख्दै २२ रन दिएर ३ विकेट लिए ।
त्यस्तै, लुक बेनकेनस्टेइनले १० ओभर बलिङ गर्दै ४१ रन दिएर ३ विकेट लिँदा सेबास्टाइन मोर्गान, डोमिनिक केइली र जेडिन डेन्लीले समान १–१ विकेट लिए ।