
एजेन्सी । अष्ट्रेलियाले दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ क्रिकेट विश्वकपअन्तर्गत खेलमा नामिबियामाथि सहज जित निकालेको छ ।
सोमवार भएको खेलमा अष्ट्रेलियाले नामिबियामाथि ४ विकेटको सहज जित निकालेको हो ।
सहज जितसंगै अष्ट्रेलियाले समूह ‘सी’ मा महत्वपूर्ण २ अंक जोडेको छ ।
डि बियर्स डाइमण्ड ओभल रंगशालामा भएको खेलमा ९२ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले १९.५ ओभरमा ६ विकेट गुमाउँदै ९५ रन जोड्यो ।
अष्ट्रेलियाको जितमा कप्तान हिउग वेइबजेनले ४३ बलमा ४ चौका प्रहार गर्दै सर्वाधिक ३९ रन जोड्दै अविजित रहँदा ओपनर ब्याट्सम्यान ह्यारी डिक्सनल े२४ बल खेलेर ३ चौका प्रहार गर्दै १६ रन जोड्दै पेविलियन फर्कियो ।
त्यस्तै, राफायल म्याकमिलानले २६ बलमा २ चौका प्रहार गर्दै १६ रन जोड्दै आउट हुँदा विकेटकिपर रायन हिक्स ८, हरजिस सिंह र कोरे वेस्ले समान ४–४ र स्याम कोनस्टास १ रन जोड्दै आउट भए ।
चार्लिस एन्डर्सन शुन्य रनमा अविजित रहे ।
अष्ट्रेलियाले अतिरिक्त रुपमा ७ रन जोड्यो ।
नामिबियाका लागि ज्याक ब्रुस्सेलले ८ ओभर बलिङ गर्दा २ मेडन राख्दै २८ रन दिएर २ विकेट लिँदा हान्रो बेडनहोर्स्टले ६ ओभर बलिङ गर्दै २९ रन दिएर २ विकेट लिए ।
त्यस्तै, हेनरी भ्यान वेकले १ ओभर बलिङ गर्दै ६ रन दिएर १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नामिबियाले ३३.१ ओभरमा अलआउट हुँदै ९१ रन जोड्यो ।
नामिबियाका लागि जाकियो भान भ्युरेनले ४७ बलमा ५ चौका प्रहार गर्दै २९ रन जोड्दा कप्तान एलेक्जान्डर बसिङ भोलसेङ्कले ४५ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै २१ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, हान्रो बेडनहोर्स्टले १७ बलमा १ चौका प्रहार गर्दै ११ रन जोड्दै अविजित रहे ।
नामिबियाका अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
हेनरी भ्यान वेक ७, रायन मोफेट ३, गेहार्ड जेन्स भ्यान रेन्सबर्ग २, हान्सी डि भिलियर्स, ज्याक ब्रुस्सेल, पिटर ड्यानियल ब्लमइनाउट र मोरिस गेरहार्ट जुनियर कारियाटा समान १–१ रनमा आउट भए ।
यता, जेडब्लु भिसेगी शुन्य रनमा पेविलियन फर्किए ।
नामिबियाले अतिरिक्त रुपमा १४ रन जोड्यो ।
नामिबियालाई सस्तैमा अलआउट गर्न अष्टज्ञेलियाका लागि कल्लम भिड्लरले ८.१ ओभर बलिङ गर्दै ३ मेडन राखेर १७ रन दिँदै सर्वाधिक ४ विकेट लिए ।
त्यस्तै, टम स्ट्राकरले ८ ओभर बलिङ गर्दै २ मेडन राखेर १६ रन दिँदै ३ विकेट लिँदा माह्ली बेर्डम्यानले ८ ओभर बलिङ गर्दै १५ रन दिएर २ विकेट लिए ।
यता, राफायल म्याकमिल्लानले ४ ओभर बलिङ गर्दै २४ रन दिएर १ विकेट लिए ।