एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ क्रिकेट विश्वकपअन्तर्गत खेलमा पाकिस्तानले आयरल्याण्डमाथि जित हासिल गरेको छ ।

मंगलवार भएको सुपर सिक्सअन्तर्गत दोस्रो खेलमा पाकिस्तानले आयरल्याण्डमाथि ३ विकेटको जित हासिल गरेको हो ।

महत्वपूर्ण जितसंगै पाकिस्तानले समूह १ मा ६ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।

भारतको पनि समान ६ अंक नै रहेतापनि नेट रननेटका आधारमा पाकिस्तान दोस्रो स्थानमा रहेको हो ।

पराजित आयरल्याण्डको भने शुन्य अंकका साथ तालिकाको पुच्छारमा रहेको छ ।

पोटसेफस्ट्रोमस्थित सेनविस स्पोर्ट पार्क रंगशालामा भएको खेलमा १८२ रनको सामान्य विनयी लक्ष्य पछएको पाकिस्तानले ४३.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानको जितमा अहमद हसनले ७२ बलमा ७ चौका प्रहार गर्दै ५७ रनको अर्धशतकिय पारी खेल्दा हारुन अर्शदले ३४ बल खेल्नेक्रममा १ चौका प्रहार गर्दै २५ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, कप्तान साद बैगले ४४ बलमा ३ चौका प्रहार गर्दै २५ रन जोडेर पेविलियन फर्किदा आजान अवैसले ४१ बल खेल्नेक्रममा २ चौका प्रहार गरेर २१ रन जोड्दै पेविलयिन फर्किए ।

यता, शाहजैब खान ११, उबैद शाह ८, स्यामल हुसेन ७ र अराफत मिनहास ३ रनमा पेविलियन फर्किदा अली अस्फान्ड ९ रनमा अविजित रहे ।

पाकिस्तानले अतिरिक्त रुपमा १६ रन जोड्यो ।

आयरल्याण्डका लागि ह्यारी डेयरले ४ विकेट लिँदा रिउबेन विल्सन, ओलिभर क्रिस्टफर रिले र जोर्डन नेइलले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको आयरल्याण्डले ४८.४ ओभरमा अलआउट हुँदै १८१ रन जोड्यो ।

आयरल्याण्डका लागि जोन म्याकन्यालेले ८१ बलमा २ चौका प्रहार गर्दै ५३ रनको अर्धशतकिय पारी खेल्दा ह्यारी डेयरले ४१ बलमा २ चौका प्रहार गर्दै ३१ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, ओलिभर क्रिस्टोफर रिलेले २४ बलमा १ छक्का प्रहार गर्दै १८ रन जोडेर आउट हुँदा स्कट म्याकबेथले १९ बलमा ३ चौका प्रहार गर्दै १६ रन जोडेर पेविलियन फर्किए ।

यता, काइन हिल्टनले २५ बल खेल्नेक्रममा १ चौका मद्दतमा १२ रन जोडेर आउट हुँदा विकेटकिपर रायन हन्टरले २८ बलमा १ चौका प्रहार गर्दै १० रन जोडेर पेविलियन फर्किए ।

उता, गाभिन रौलस्टोन ७, कार्सन म्याककुल्लौग ६, जोर्डन नेइल ४ र कप्तान फिलिप्पुस ले रौक्स ३ रन जोड्दै पेविलियन फर्किदा रिउबेन विल्सन ६ रनमा अविजित रहे ।

आयरल्याण्डले अतिरिक्त रुपमा १५ रन जोडे ।

आयल्याण्डलाई अलआउट गर्न उबैद शाहले ३ विकेट लिँदा अमिर हसन, अली राजा र अहमद हसनले २–२ विकेट लिए ।

यता, हारोन अर्शदले १ विकेट हासिल गरे ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.