
भक्तपुर । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ क्रिकेट विश्वकपअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल न्युजिल्याण्डसंग पराजित भएको छ ।
आईतवार भएको समूह ‘डी’ को खेलमा नेपाल न्युजिल्याण्डसंग ६४ रनले पराजित भएको हो ।
योसंगै समूह तालिकामा न्युजिल्याण्डले २ अंक जोडेको छ ।
इस्ट लण्डनस्थित बफालो पार्क रंगशालामा भएको खेलमा न्युजिल्याल्डले प्रस्तुत गरेको ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २३८ रनमा समेतियो ।
नेपालका लागि ओपनर ब्याट्सम्यान अर्जुन कुमालले १०४ बलमा १२ चौका प्रहार गर्दै ९० रनको अर्धशतकिय पारी खेल्दा कप्तान देव खनालले ३४ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै ३६ रन जोड्दै पेविलियन फर्कियो ।
त्यस्तै, दिपक बोहराले २७ बल खेल्नेक्रममा २ चौका प्रहार गरेर १५ रन जोड्दै पेविलियन फर्किदा आकाश चन्दले २६ बलमा १ चौका मद्दतमा १४ रन जोड्दै आउट भए ।
यता, सुवास भण्डारीले ५२ बलमा ४ चौका प्रहार गर्दै ३३ रन जोड्दै अविजित रहँदा तिलक राज भण्डारीले १९ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै १७ रन जोडेर अविजित रहे ।
गुलशन झा र आकाश त्रिपाठी समान २–२ रनमा आउट हुँदा ओपनर ब्याट्सम्यान दिपक बोहरा, विकेटकिपर उत्तम थापामगर र दिपेश प्रसाद कँडेल शुन्य रनमा पेविलियन फर्किए ।
नेपालले अतिरिक्त रुपमा २९ रन जोड्यो ।
नेपाललाई हराउन न्युजिल्याण्डका लागि मासन क्लार्कले ८ ओभर बलिङ गर्दै १ मेडन राखेर २५ रन दिँदै ३ विकेट लिँदा कप्तान ओस्कार थोमस ज्याक्सनले ७ ओभर बलिङ गर्दै २५ रन दिएर २ विकेट लिए ।
त्यस्तै, इवाल्ड वाउटर स्रिउडेरले १० ओभर बलिङ गर्नेक्रममा ५४ रन खर्चिएर २ विकेट लिँदा म्याथ्यु बुचनान रोय र ज्याक अलान जेम्स कमिङले समान १–१ विकेट लिए ।
त्यसअघि टस जित्दै पहिला ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै ३०२ रन जोड्यो ।
न्युजिल्याण्डका लागि स्नेहिथ रेड्डी डेभिरेड्डीले १२५ बल खेल्दै ११ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक १४७ रन जोडेर अविजित रहे ।
त्यस्तै, कप्तान ओस्कार थोमस ज्याक्सनले ८१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ७५ रनको अर्धशतकिय पारी खेल्दा ओपनर ब्याट्सम्यान टम जोन्सले ४५ बल खेल्नेक्रममा ५ चौका प्रहार गर्दै ३३ रन जोडेर आउट भए ।
अर्का ओपनर लुक वाटसनले २५ बलमा २ चौका प्रहार गर्दै १४ रन जोडेर आउट हुँदा विकेटकिपर एलेक्जान्डर जाभियर थोम्पसनले १४ बलमा १ छक्का प्रहार गर्दै १३ रन जोडेर पेविलियन फर्किए ।
यता, म्याथ्यु बुचनान रोय २ र ज्याक अलान जेम्स कमिङ र ओलिभर टेवाटिया शुन्य रन जोड्दै पविलियन फर्किए ।
इवाल्ड वाउटर स्रिउडेर १ रनमा अविजित रहे ।
न्युजिल्याण्डले अतिरिक्त रुपमा १७ रन जोड्यो ।
नेपालका लागि सुवास भण्डारीले १० ओभर बलिङ गर्दै ६० रन दिएर ३ विकेट लिँदा गुलशन झाले १० ओभर बलिङ गर्दै ६१ रन खर्चिएर २ विकेट लिए ।
त्यस्तै, दिपेश प्रसाद कँडेल, तिलकराज भण्डारी र आकाश त्रिपाठीले समान १–१ विकेट लिए ।