भक्तपुर । युनाइटेड अरब इमिरेट्स (युएई) मा भोली (शुक्रवार) देखि एसीसी यु–१९ एसिया कप सुरु हुँदैछ ।
एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा हुने उमेर समूहको यो प्रतियोगिता ११ औं संस्करणको हो ।
एकदिवसिय ढाँचामा सञ्चालन हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, युएई र जापान गरि कुल ८ टोलीको सहभागिता रहनेछ ।
बंगलादेश साविक विजेता टोली हो भने घरेलु टोली युएई साविक उपविजेता टोली हो ।
प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान टेस्ट टोलीका रुपमा सिधै छानिदा नेपाल, युएई र जापानले भने एसीसी यु–१९ प्रिमियर कप खेल्दै एसिया कपमा स्थान बनाएका हुन् ।
मलेसियामा सन् २०२३ मा भएको प्रिमियर कपमा नेपाल विजेता, युएई उपविजेता बन्दा जापानले तेस्रो स्थान हासिल गरेको थियो ।
१९ वर्ष मुनीको प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा साविक उपविजेता युएईसहित भारत, पाकिस्तान र जापान रहेका छन् ।
त्यस्तै, समूह ‘बी’ मा नेपालसंगै साविक विजेता बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।
राउण्ड एन्ड रोविन र नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा प्रत्येक समूहको विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्ने नियम रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ ।
खेल नेपाली समय अनुसार विहान पौने ११ बजे सुरु हुने तालिका रहेको छ ।
प्रतियोगिता आगामी डिसेम्बर ८ तारिखसम्म सञ्चालन हुनेछ ।