भक्तपुर । नेपाल १७ वर्षमुनीको एएफसी एसियन कप छनोटबाट बाहिरिएको छ ।

शुक्रवार राति भएको छनोटअन्तर्गत खेलमा नेपाल कतारसंग ५–० को फराकिलो अन्तरले पराजित भएसंगै यु–१७ एसियन कप छनोटबाट बाहिरिएको हो ।

कतारको दोहास्थित अस्पेर एकेडेमी पिचमा भएको घरेलु टोली कतारका लागि फैसलले ह्याट्रिक हान्दा हानी मोहम्मेद र अल मारजौकीले एक–एक गोल गरे ।

पहिलो हाफको २१ औं मिनेटमा हानीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि पहिलो हाफको अन्त्यतिर ४५ औं मिनेटमा फैसलले गोल गर्दै कतारलाई २–० ले अघि बढायो ।

दोस्रो हाफको ५६ र ८२ औं मिनेटमा फैसलले गोल थप्दै व्यक्तिगत रुपमा ह्याट्रिक पूरा गर्दा घरेलु टोली ४–० ले अघि बढ्यो ।

यता, ८६ औं मिनेटमा मारजौकीले गोल थप्दा कतार ५–० ले विजयी भयो ।

खेल अवधिभर नै दवाव खेपेको नेपालले फराकिलो हार बेहोरेसंगै एक खेल अगावै नेपाल छनोट चरणबाट बाहिरिने पक्का भयो ।

यसअघि पनि नेपाल बलियो टोली जापानसंग ९–२ को फराकिलो गोलअन्तरले पराजित भएको थियो ।

समूह ‘एफ’ मा रहेको नेपालले २ खेल खेलिसक्दा अंकको खाता नै खोल्न सकेको छैन ।

यो समूहमा जापान र कतारले समान दुई–दुई खेलमा शतप्रतिशत जितका साथ ६ अंक जोडेको छ ।

अब नेपालले छनोटअन्तर्गत अन्तिम खेल आईतवार मंगोलियासंग खेल्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.