
भक्तपुर । नेपाल छैटौं संस्करणको साफ यु–१६ महिला च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशसंग पराजित भएको छ ।
सनिवार भएको खेलमा आयोजक राष्ट्र नेपाल बंगलादेशसंग २–० ले पराजित भएको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा भ्रमणकारी टोली बंगलादेशको जितमा सौरबी प्रितीले दुबै गोल गरिन् ।
खेलको २४ औं मिनेटमा साथी मुन्दाको पासमा सौरबीले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाइन् ।
त्यसपछि ३० औं मिनेटमा सौरबीले पेनाल्टीमा गोल थप्दै बंगलादेशलाई २–० ले अघि बढाए ।
त्यसपछि खेलमा थप गोल नभएपछि खेल बंगलादेशले जित्यो ।
नेपालमाथि सहज जितसंगै बंगलादेशले अंक तालिकामा महत्वपूर्ण ३ अंक जोड्यो ।
पराजित नेपालले भने अंकको खाता खोल्न सकेन ।