एजेन्सी । स्विजरल्याण्डले युरोपेली फुटबलको लोकप्रिय प्रतियोगिता युईएफए युरोपियन फुटबल च्याम्पियनसिप (युरो कप) मा विजयी सुरुवात गरेको छ ।

सनिवार राति भएको खेलमा हंगेरीमाथि ३–१ को सहज जित निकाल्दै स्विजरल्याण्डले युरो कपमा विजयी सुरुवात गरेको हो ।

जर्मनीको कोलोग्नेस्थित कोलोग्ने रंगशालामा भएको खेलमा स्विजरल्याण्डलाई जिताउन क्वाडव डुआ, माइकल एबिस्चेर र ब्रिल इम्बोलोले गोल गर्दा पराजित टोलीका लागि बर्नाबास भर्गाले एक गोल फर्काए ।

खेल सुरु भएको १२ औं मिनेटमा एबिस्चेरको पासमा डुआले गोल गर्दै स्विजरल्याण्डलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि पहिलो हाफको अन्त्यतिर ४५ औं मिनेटमा रेमो फ्रेउलेरको असिस्टमा एबिस्चेरले गोल थप्दा स्विजरल्याण्ड २–० ले अघि बढ्यो ।

तर, दोस्रो हाफको ६६ औं मिनेटमा हंगेरीका लागि डोमिनिक स्जोबोसलाईको असिस्टमा भर्गाले गोल फर्काउँदा खेल २–१ को स्थितिमा आयो ।

यता, खेलको अन्त्यतिर इन्जुरी समयको तेस्रो मिनेटमा इम्बोलोले गोल थप्दा स्विजरल्याण्ड ३–१ ले विजयी भयो ।

महत्वपूर्ण जितसंगै स्विजरल्याण्डले समूह ‘ए’ मा ३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.