एजेन्सी । जर्मनीमा जारी युरोपियन फुटबल च्याम्पियनसिप (युरो कप) अन्तर्गत खेलमा रोमानियाले युक्रेनलाई हराएको छ ।
सोमवार राति भएको युरो कपअन्तर्गत समूह ‘इ’ को पहिलो खेलमा रोमानियाले युक्रेनलाई ३–० ले हराएको हो ।
म्युनिखस्थित फुटबल एरिना म्युनिख रंगशालामा भएको खेलमा रोमानियालाई जिताउन निकोलाइ स्टानचिउ, राजभान मरिन र डेनिस ड्रागुसले गोल गरे ।
पहिलो हाफको २९ औं मिनेटमा डेन्निस म्यानको पासमा स्टानचिउले गोल गर्दै रोमानियालाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ५३ औं मिनेटमा मरिनले गोल थप्दा रोमानिया २–० ले अघि बढ्यो ।
त्यसको चार मिनेटपछि नै ५७ औं मिनेटमा डेनिस म्यानकै पासमा ड्रागुसले गोल थप्दा रोमानिया ३–० ले विजयी भयो ।
सहज जितसंगै रोमानियाले समूह ‘इ’ मा महत्वपूर्ण ३ अंक जोडेको छ ।