DUSSELDORF, GERMANY - JUNE 21: Mykola Shaparenko of Ukraine celebrates scoring his team's first goal during the UEFA EURO 2024 group stage match between Slovakia and Ukraine at Düsseldorf Arena on June 21, 2024 in Dusseldorf, Germany. (Photo by Kevin C. Cox/Getty Images)

एजेन्सी । युक्रेनले युरो कपअन्तर्गत खेलमा स्लोभाकियामाथि पुनरागमन जित हासिल गरेको छ ।

शुक्रवार राति भएको खेलमा युक्रेनले स्लोभाकियामाथि २–१ को पुनरागमन जित हासिल गरेको हो ।

डस्सेल्डफोर्ड एरिना रंगशालामा भएको खेलमा युक्रेनलाई जिताउन म्याकोला शपरेन्को र रोमन यारेमचुकले गोल गरे ।

पराजित टोलीका लागि इभान स्चरान्जले एक गोल गरे ।

खेल सुरु भएको १७ औं मिनेटमा लुकास हरास्लिनको पासमा स्चरान्जले गोल गर्दै स्लोभाकियालाई १–० ले अघि बढाए ।

तर, दोस्रो हाफको ५४ औं मिनेटमा युक्रेनका लागि ओलेक्जान्डर जिन्चेन्कोको पासमा शपरेन्कोले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

८० औं मिनेटमा शपरेन्कोको पासमा यारेमचुकले गोल थप्दा युक्रने २–१ ले विजयी भयो ।

पुनरागमन जितसंगै युक्रेनले २ खेलबाट ३ अंक जोड्दै समूह ‘इ’ को दोस्रो स्थानमा उक्लिएको छ ।

पराजित स्लोभाकियाको समान २ खेलमा ३ अंक रहेको छ ।

स्लोभाकिया गोलअन्तरका आधारमा तालिकाको तेस्रो स्थानमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.