एजेन्सी । स्पेनले युरोपेली फुटबलको शीर्ष प्रतियोगिता युईएफए युरोपियन फुटबल च्याम्पियनसिप (युरो कप) अन्तर्गत खेलमा क्रोएसियामाथि सहज जित हासिल गरेको छ ।
सनिवार राति भएको युरो कपअन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा स्पेनले क्रोएसियामाथि ३–० को सहज जित हासिल गरेको हो ।
जर्मनीको बर्लिनस्थित ओलम्पियास्टाडन बर्लिन रंगशालामा भएको खेलमा स्पेनलाई जिताउन अल्भारो मोराटा, फाबियान रुइज र ड्यानी कार्भाजलले गोल गरे ।
सबै गोल पहिलो हाफमा सम्भव भयो ।
खेलको २९ औं मिनेटमा रुइजको पासमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए ।
त्यसको तीन मिनेटपछि नै ३२ औं मिनेटमा पेड्रीको पासमा रुइजले गोल थप्दै स्पेनलाई २–० ले अघि बढाए ।
त्यस्तै, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा युवा खेलाडी लामिन यामलको पासाम कार्भाजलले गोल थप्दा स्पेन ३–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ८० औं मिनेटमा क्रोएसियाले पेनाल्टी प्राप्त गरेतापनि ब्रुनो पेटकोभिक गोल गर्न चुक्दा खेलमा फर्किन सकेन ।
सहज जितसंगै स्पेनले महत्वपूर्ण ३ अंक जोडेको छ ।