एजेन्सी । जर्मनीमा जारी युरोपेली फुटबलको शीर्ष प्रतियोगिता युईएफए युरोपियन फुटबल च्याम्पियनसिप (युरो कप) को सेमिफाइनल समिकरण पूरा भएको छ ।
क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसंगै १७ औं संस्करणको युरो कपको सेमिफाइनल समिकरण पूरा भएको हो ।
युरोको क्वाटरफाइनल पार गर्ने टोलीहरुमा साविक उपविजेता इंग्ल्याण्ड, स्पेन, फ्रान्स र नेडरल्याण्ड्स रहेका छन् ।
अन्तिम ८ बाट घर फर्किनेमा आयोजक राष्ट्र जर्मनीसहित पोर्चुगल, स्विजरल्याण्ड र टर्कीए रहेका छन् ।
क्वाटरफाइनलका खेलहरुमा स्पेनले आयोजक राष्ट्र जर्मनीलाई २–१ ले स्तब्ध पार्दा डच टोलीले टर्कीएमाथि २–१ को पुनरागमन जित निकाल्यो ।
यता, थ्री लायन्सका रुपमा चिनिने इंग्ल्याण्डले स्विजरल्याण्डलाई ट्राइब्रेकरमा ३–२ ले पाखा लगाउँदा फ्रान्सले क्रिस्चियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई ट्राइब्रेकरमा ५–३ ले पराजित गर्यो ।
अब सेमिफाइनलका खेलहरु मंगलवार राति र बुधवार राति हुनेछन् ।
सेमिफाइनलको पहिलो खेलमा स्पेन र फ्रान्स प्रतिस्पर्धा गर्नेछन् भने इंग्ल्याण्ड र नेडरल्याण्ड्सबीच दोस्रो सेमिफाइनल खेल हुनेछन् ।
सेमिफाइनलमा विजयी हुने दुर्इृ टोली फाइनलमा प्रवेश गर्नेछन् ।