एजेन्सी । युरोपेली फुटबलको शीर्ष प्रतियोगिता युईएफए युरोपियन फुटबल च्याम्पियनसिप (युरो कप) को क्वाटरफाइनल समिकरण पूरा भएको छ ।

बुधवार रातिबाट अन्तिम १६ का खेल खेलहरु सम्पन्न भएसंगै जर्मनीमा जारी युरो कपको क्वाटरफाइनल समिकरण पूरा भएको हो ।

जारी १७ औं संस्करणको अन्तिम ८ मा आयोजक राष्ट्र जर्मनीसंगै, साविक उपविजेता इंग्ल्याण्ड, फ्रान्स, स्पेन, पोर्चुगल नेडरल्याण्ड्स, स्विजरल्याण्ड र टर्कीए प्रवेश गरेका छन् ।

प्रि–क्वाटरफाइनलका रुपमा समेत चिनिने अन्तिम १६ को खेलबाट साविक विजेता इटालीसंगै डेनमार्क, बेल्जियम, स्लोभाकिया, स्लोभानिया, रोमानिया र जर्जिया बाहिरिएका छन् ।

अन्तिम १६ का खेलहरुमा साविक विजेता इटालीलाई स्विजरल्याण्डले २–० ले स्तब्ध पार्दा उपाधि दावेदार जर्मनीले गएको संस्करण सेमिफाइनलसम्मको यात्रा तय गरेको डेनमार्कलाई २–० ले पराजित गर्यो ।

त्यस्तै, साविक उपविजेता इंग्ल्याण्डले खेलको अन्तिम समयतिर पुनरागमन गर्दै स्लोभाकियामाथि २–१ को जित रच्दा हेभिवेट भिडन्तमा फ्रान्सले भने बेल्जियमलाई १–० ले पराजित गर्यो ।

यता, क्रिस्चियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले स्लोभानियालाई ट्राइब्रेकरमा ३–० ले पराजित गर्दा नेडरल्याण्ड्सले भने रोमानियामाथि ३–० को सहज जित निकाल्यो ।

त्यस्तैगरी उपाधि होडमै रहेको स्पेनले डेब्यु प्रतियोगिता खेलिरहेको जर्जियामाथि ४–१ को फराकिलो जित निकाल्दा टर्कीएले अष्ट्रियालाई २–१ ले पराजित गर्यो ।

अब क्वाटरफाइनलका खेलहरुमा बलियो राष्ट्रद्वय स्पेन र जर्मनी आमनेसामने हुनेछ भने पोर्चुगलले पनि फ्रान्ससंग खेल्ने भएको छ ।

त्यस्तै, इंग्ल्याण्डले स्विजरल्याण्डसंग खेल्ने तय हुँदा नेडरलयाण्ड्सले भने टर्कीएसंग खेल्ने तालिका रहेको छ ।

क्वाटरफाइनलका खेलहरु जुलाई ५ तारिख शुक्रवार रातिदेखि सुरु हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.