BARCELONA, SPAIN - FEBRUARY 16: Marcus Rashford of Manchester United scores the team's first goal past Marc-Andre ter Stegen of FC Barcelona during the UEFA Europa League knockout round play-off leg one match between FC Barcelona and Manchester United at Spotify Camp Nou on February 16, 2023 in Barcelona, Spain. (Photo by David Ramos/Getty Images)

एजेन्सी । यूईएफए युरोपा लिगको प्ले अफको पहिलो लिग खेलमा बार्सिलोना र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेको छ ।

विहिवार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले २–२ को बराबरी खेलेको हो ।

क्याम्प नौमा भएको खेलमा घरेलु टोलीका लागि मार्कोस एलोन्सो र राफिन्नाले गोल गर्दा युनाइटेडका लागि मार्कुस रासफोर्डले गोल गरेका थिए । युनाइटेडले एक गोल आत्मघाती उपहार पाएको थियो ।

निक्कै रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५० औं मिनेटमा अलन्सोले हेडमार्फत गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । अलन्सोले राफिन्नाको कर्नर किकमा गोल गरेका थिए ।

त्यसको २ मिनेटपछि फ्रेडको पासमा रासफोर्डले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । ५९ औं मिनेटमा जुलेस कौन्डेले आफ्नै पोस्टमा बल छिराएपछि युनाइटेड खेलमा २–१ ले अघि बढ्यो ।

त्यसपछि खेलको ७६ औं मिनेटमा राफिन्नाले गोल गरेपछि खेल २–२ को बराबरीमा आयो ।

दुबै टिमले निरन्तर अवसर सिर्जना गरेपनि थप गोल ननिस्कदा खेल २–२ को बराबरीमा सकियो । प्ले अफको दोस्रो लेग खेल खेल युनाइटेडको मैदान ओल्डट्राफेडमा हुनेछ ।

युरोपा लिगको प्लेअफ अन्तर्गत नै गयराति सम्पन्न अन्य खेलहरुमा आयाक्स र एफसी युनियन बर्लिनले गोलरहित खेल्दा साक्टर दोनेक्सले रेनेसमाथि २–१ को जित हात पार्यो ।

त्यस्तै, रोमा आरबी साल्सबर्गसंग १–० ले पराजित हुँदा स्पोर्टिङ सिपी र मिदटेज्याल्याण्डले १–१ को बराबरी खेले ।

यता, मोनाकोले बायर लेभरकुसेनमाथि ३–२ को जित निकाल्दा युभेन्टस र नान्टेसले १–१ को बराबरी खेले ।

सेभिल्लाले भने पिएसभीमाथि ३–० को जित आत्मसाथ गर्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.