
एजेन्सी । युरोपेली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा लिगको अन्तिम १६ टुंगो लागेको छ ।
विहिवार राति प्ले अफको दोस्रो लेग खेल सम्पन्न भएसंगै युरोपा लिगको प्रि–क्वाटरफाइनल खेल्ने टोली टुंगो लागेको हो ।
प्ले अफको दोस्रो लेग खेलहरुमा म्यानचेस्टर युनाइटेडले बार्सिलोनामाथि २–१ (समग्रमा ४–३) को जित हात पार्दा युभेन्टसले नानटेसमाथि ३–० (समग्रमा ४–१) को जित रच्यो ।
त्यस्तै, स्पोटिङ्ग सिपीले मित्ज्याल्याण्डमाथि ४–० (समग्रमा ५–१) को जित निकाल्दा एफसी युनियन बर्लिनले डच क्लब आयाक्समाथि ३–१ को जित हात पार्यो ।
इटालियन क्लब रोमाले आरबी साल्जबर्गमाथि २–० को जित हात पार्दा समग्रमा २–१ को जित निकाल्यो ।
रेनिसले साक्टर दोनेटस्कमाथि निर्धारित समयमा २–१ को जित निकाल्दा समग्रमा ३–३ को बराबरी भएपछि खेलको निर्णय ट्राईब्रेकरबाट भएको थियो । जसमा साक्टर ५–४ ले विजयी रह्यो ।
त्यस्तै मोनाको बायर लेभरकुसेनसंग ३–२ ले पराजित हुँदा समग्रमा ५–५ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत भयो । जसमा बायर लेभसकुसेनले ५–३ ले जित्यो ।
यता, पिएसभीले सेभिल्लामाथि २–० को जित निकाले तापनि समग्रमा खेल ३–२ ले हार्यो ।
प्ले अफबाट ८ टोलीको टुंगो लाग्दा यसअघि नै समूह चरणबाट ८ टोलीले अन्तिम १६ को स्थान पक्का गरिसकेको छ ।
युरोपा लिगको राउण्ड अफ १६ मा प्रवेश गरेका क्लबहरु यस प्रकार छन् ।
१) म्यानचेस्टर युनाइटेड
२) युभेन्टस
३) आर्सनल
४) रियल बेटिस
५) रियल सोसिडाड
६) एफसी युनियन बर्लिन
७) सेभिल्ला
८) रोमा
९) फेनेरबाच
१०) आर युनियन एसजी
११) स्पोटिङ्ग सिपी
१२) फेयनोर्ड
१३) फेरेनक्भारोस
१४) साक्टर दोनेटस्क
१५) बायर लेभसकुसेन
१६) एससी फेइबर्ग