एजेन्सी । युरोपेली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ ।

शुक्रवार यईएफएको स्विजरल्याण्डस्थित हेडक्वाटरमा युरोपा लिगको राउण्ड अफ १६ को ड्र गरिएको हो ।

ड्र अनुसार उपाधि दावेदार मानिएको इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस ला लिगा क्लब रियल बेटिसको सामना गर्ने पक्का हुँदा अर्को दाबेदार प्रिमियर लिग क्लब आर्सनलले पोर्चुगिच क्लब स्पोर्टिङ सिपीसंग प्रतिस्पर्धा गर्ने तय भएको छ ।

यता, च्याम्पियन्स लिगबाट युरोपामा झरेको इटालियन महारथी क्लब युभेन्टसले जर्मन बुडेसलिगा क्लब एससी फेइबर्गको प्रतिस्पर्धा गर्ने भएको छ ।

त्यस्तै, बुडेसलिगा क्लब एफसी युनियन बर्लिनले बेल्जियम क्लब आर. युनियन एसजीसंग प्रतिस्पर्धा गर्ने तय हुँदा अर्को जर्मन बुडेसलिगा क्लब बायर लेभरकुसेनले हर्गेरियन क्लब फेरेनसिभारोससंग भिड्ने भएको छ ।

त्यस्तै, इटालियन सिरी ए क्लब रोमाले स्पेनिस ला लिगा क्लब रियल सोसिडाडको सामना गर्ने तय हुँदा अर्को ला लिगा क्लब सेभिल्लाले टर्किस क्लब फेनेरबाचेसंग खेल्ने पक्का भएको छ ।

युक्रनी क्लब साक्टर दोनेक्सले डच क्लब फेयनोर्डसंग प्रतिस्पर्धा गर्ने तय भएको छ ।

युरोपा लिगको अन्तिम १६ का खेलहरु होम एण्ड अवेका आधारमा २ लेगमा खेलिनेछ । पहिलो लेगका खेलहरु मार्च १० तारिखमा खेल्नेछ भने दोस्रो लेग खेल मार्च १७ तारिखमा हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.