एजेन्सी । युरोपेली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ ।

शुक्रवार स्विजरल्याण्डको नियानस्थित हाउस अफ युरोपियन फुटबलमा एक समारोहबीच युरोपा लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएको हो ।

सार्वजनिक ड्र अनुसार उपाधि दाबेदारका रुपमा हेरिएको इंग्लिस क्लब लिभरपूलले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी चेक रिपब्लिक क्लब स्पार्टासंग खेल्ने भएको छ ।

त्यस्तै, इटालियन क्लब एएस रोमाले इंग्लिस क्लब ब्राइटनसंग प्रतिस्पर्धा गर्ने तय हुँदा अर्को इंग्लिस क्लब वेस्टह्याम युनाइटेडले जर्मन क्लब एससी फेइबर्गसंग खेल्ने पक्का भएको छ ।

यता, उपाधि होडमै रहेको बलियो इटालियन क्लब एसी मिलानले चेक रिपब्लिक क्लब स्लाभियासंग अन्तिम १६ मा खेल्ने पक्का हुँदा जारी सिजन उच्च लयमा रहेको जर्मन क्लब बायर लेभरकुसेनले अजरबैजान क्लब क्वाराबागसंग खेल्ने तय भएको छ ।

त्यस्तैगरी फ्रान्सेली क्लब मर्सेलले स्पेनिस क्लब भिल्लारियलसंग खेल्ने पक्का हुँदा पोर्चुगिच क्लब बेन्फिकाले स्कटिस क्लब रेन्जर्ससंग प्रतिस्पर्धा गर्ने भएको छ ।

उता, अर्को पोर्चुगिच क्लब स्पोर्टिङ सिपीले इटालियन क्लब एट्लान्टासंग खेल्ने निश्चित भएको छ ।

युरोपा लिगका अन्तिम १६ का खेलहरु होम एन्ड अवेका आधारमा खेलाइनेछ ।

जसअनुसार पहिलो लेग खेल मार्च ५ र ८ तारिखमा हुनेछ ।

त्यस्तै, दोस्रो लेग खेलहरु मार्च १५ तारिखमा हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.