
एजेन्सी । युरोपेली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा लिगमा म्यानचेस्टर युनाइटेड र पोर्टोले बराबरी खेलेको छ ।
विहिवार राति भएको लिग चरणअन्तर्गत खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पोर्चुगिच क्लब पोर्टोसंग ३–३ गोलको बराबरी खेलेको हो ।
पोर्चुगिच क्लबको घरेलु मैदान इस्टाडियो डो ड्रागाओ रंगशालामा भएको खेलमा खेल सुरु भएको सातौं मिनेटमा क्रिस्टियन इरेक्सनको पासमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए ।
त्यस्तै, २० औं मिनेटमा रासफोर्डकै पासमा रासमुस होजलुन्डले गोल थप्दा युनाइटेड २–० ले अघि बढ्यो ।
तर, २७ औं मिनेटमा पेपे घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, ३४ औं मिनेटमा जाओ मारिओको पासमा सामू ओमोरोडिअनले पोर्टोका लागि गोल गर्दा खेल २–२ को बराबरीमा आयो ।
त्यस्तै, दोस्रो हाफको ५० औं मिनेटमा पेपेको पासमा ओमोरोडिअनले नै गोल थप्दा पोर्टो ३–२ ले अघि बढ्यो ।
खेलको ८१ औं मिनेटमा ब्रुनो फर्नान्डेजले दोहोरो पँहेलो कार्डसंगै रातो कार्ड खाँदा युनाइटेड १० खेलाडीमा समेतियो ।
खेलको अन्त्यतिर इन्जुरी समयको पहिलो मिनेटमा इरेक्सनको पासमा मग्वायरले गोल फर्काउँदा खेल ३–३ को बराबरीमा सकियो ।
बराबरीसंगै दुबै टोलीले अंक बाँडेका छन् ।
जारी युरोपामा दुई खेल खेलिसकेको युनाइटेडले दुबैमा बराबरीको नतिजा निकाल्दा लिग तालिकामा दुई अंक जोडेको छ ।
यता, पोर्टोले भने दुई खेलबाट एकमा हार र अर्कोमा बराबरीको नजिजाहित तालिकामा अंकको खाता खोलेको छ ।