एजेन्सी । युरोपेली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा लिगमा म्यानचेस्टर युनाइटेडले कठिन जित निकालेको छ ।
विहिवार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले नर्विच क्लब बोडो ग्लिम्टमाथि ३–२ को कठिन जित निकालेको हो ।
युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफेड रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन रासमुस होइलुन्डले दुई गोल गर्दा आलेहान्ड्रो ग्रानाचोले एक गोल गरे ।
पराजित भ्रमणकारी टोलीका लागि हाकोन इभ्जेन र फिलिप जिक्केरनागेलले एक–एक गोल फर्काए ।
खेल सुरु भएको पहिलो मिनेटमै भ्रमणकारी टोलीका गोलकिपर नितिका हैकिनको गल्तीको फाइदा उठाउँदै होइलुन्डको असिस्टमा ग्रानाचोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलायो ।
तर, १९ औं मिनेटमा सोन्ड्रे फेटको पासमा हाकोनले गोल गर्दा भ्रमणकारी टोली १–१ को बराबरीमा आयो ।
यता, २३ औं मिनेटमा प्याट्रिक ब्रेगको पासमा पिलिपले काउन्टर अट्याकमा गोल गर्दै नर्विच क्लबलाई २–१ ले अघि बढायो ।
तर, पहिलो हाफको अन्त्यतिर ४५ औं मिनेटमा नाउस्सेर माजरोईको पासमा होइलुन्डले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।
त्यस्तै, दोस्रो हाफको ५० औं मिनेटमा म्यानुएल उगार्टेको पासमा होइलुन्डले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा युनाइटेड ३–२ ले अघि बढ्यो ।
त्यसपछि खेलमा थप गोल ननिस्केसंगै खेल रेड डेभिल्सका रुपमा समेत चिनिने युनाइटेडले जित्यो ।
जारी सिजन खराब लयबाट गुर्जिरहेको युनाइटेडको यो पोर्चुगिच प्रशिक्षक रुविन आमोरियम नेतृत्वमा पहिलो जित समेत हो ।
महत्वपूर्ण जितसंगै युनाइटेडले युरोपा लिगमा ५ खेलबाट ९ अंक जोड्दै लिग तालिकाको १२ औं स्थानमा उक्लिएको छ ।
पराजित नर्विच क्लबको समान ५ खेलमा ७ अंकसहित तालिकाको १७ औं स्थानमा झरेको छ ।