भक्तपुर । आईतवार राति युरोपले नयाँ विजेता पायो ।

युरोपेली फुटबलको शीर्ष प्रतियोगिता युईएफए युरोपियन फुटबल च्याम्पियनसिप अर्थात् युरो कपले स्पेनका रुपमा नयाँ विजेता पाएको हो ।

जर्मनीमा भएको १७ औं संस्करणको युरो कपको फाइनल खेलमा साविक उपविजेता समेत रहेको इंग्ल्याण्डमाथि २–१ को जित निकाल्दै स्पेन युरोपेली महादेशको च्याम्पियन बन्यो ।

इंग्ल्याण्ड भने लगातार दोस्रोपटक युरोको फाइनलमा पुगेर उपविजेतामै सिमित भयो ।

अब कम्तीमा पनि स्पेन चार वर्षसम्म युरोको विजेता टोली कहलाउनेछ ।

स्पेनले बर्लिनमा इतिहास रच्नेत्रममा चौथौं पल्ट युरोपको शीर्ष प्रतियोगिताको उपाधि चुम्न सफल भयो ।

उसले यसअघि पनि सन् १९६४, २००८ र २०१२ मा युरो कप जितेको थियो ।

युवा खेलाडीहरुले भरिभराउ स्पेनिस टोलीले वास्तबमै युरो अवधिभर उत्कृष्ट खेल पस्कियो ।

युरोका सबै सात खेलमा शतप्रतिशतको जित निकाल्यो ।

यसक्रममा स्पेनले १५ गोल गर्दा मात्र ४ गोल बेहोर्यो ।

स्पेनले समूह चरणमा क्रोएसियालाई ३–०, इटालीलाई १–०, अल्बानियालाई १–० ले पाखा लगाउँदा अन्तिम १६ मा जर्जियालाई ४–१, क्वाटरफाइनलमा घरेलु टोली जर्मनीलाई २–१ रन सेमिफाइनलमा बलियो फ्रान्सलाई २–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

स्पेनलाई उपाधि यात्रासम्म डोह¥याउन युवा खेलाडीहरु लामिन यामल, निको विलियम्स, ड्यानी ओल्मो, फावियन रुइज, फेरान टोरेसजस्ता युवा खेलाडीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरे ।

त्यसैले त स्पेनले युरोको उपाधिसंगसंगै व्यक्तिगत विधामा पनि बर्चस्व जमायो ।

प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी स्पेनका मिडफिल्डर रोड्री घोषित हुँदा योङ्ग प्लेयर अफ द टुर्नामेन्ट लामिन यामल चुनिए ।

त्यस्तै, यामलले नै गोल अफ द टुर्नामेन्टको टर्फी जित्दा ड्यानी ओल्मोले सर्वाधिक गोलकर्ताको विधामा इंग्ल्याण्डका कप्तान ह्यारी केनसहित जर्मनीका जमाल मुसियाला, जर्जियाका जर्ज मिकाउताद्जे र स्लोभाकियाका इभान स्चरान्जसंग साझेदारी गरे ।

फाइनल खेलको प्लेयर अफ द म्याचको अवार्ड पनि स्पेनकै निको विलियम्सले जिते ।

उसो त युरोपेली फुटबलको शीर्ष नियाय युईएफएले सार्वजनिक गरेको टिम अफ द टुर्नामेन्टमा ११ मध्ये ६ खेलाडी स्पेनका चुनिए ।

उक्त टोलीमा स्पेनका निको विलियम्स, लामिन यामल, फाबियन रुइज, ड्यानी ओल्मो, राड्री र मार्क कुकुरेल्ला समेतिए ।

प्रतियोगितामा सर्वाधिक असिस्ट गर्ने खेलाडी स्पेनकै यामल भए ।

उनले प्रतियोगिता भरी ४ असिस्ट प्रदान गरे ।

यसरी लुइस डि ला फुयन्टेको प्रशिक्षकत्वमा रहेको स्पेनले हरेक क्षेत्रमा अब्बल रहँदै युरोपको नयाँ शक्तिका रुपमा उदाएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.