एजेन्सी । जर्मन महारथी क्लब ब्रायन म्युनिखले एफसी युनियन बर्लिनमाथि सहज जित हात पार्दै जर्मन बुडेसलिगाको शीर्ष स्थानमा उक्लेको छ ।

आइतवार राति भएको खेलमा साविक विजेतासमेत रहेको ब्रायन म्युनिखले एफसी युनियन बर्लिनमाथि ३–० को सहज जित हात पारेको हो ।

एलियान्ज एरिना रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि इरिक म्याक्सिम चौपो मोटिङ, किंग्सले कोम्यान र जमाल मुसियालाले गोल गरे ।

खेलको ३१ औं मिनेटमा किंग्सले कोम्यानको पासमा इरिक म्याक्सिम चौपो मोटिङले गोल गर्दै ब्रायनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि ४० औं मिनेटमा थोमस मुलरको असिस्टमा किंग्सले कोम्यानले गोल थप्दा ब्रायन २–० ले अघि बढ्यो । खेलको ४६ औं मिनेटमा जमाल मुसियालाले गोल गर्दा ब्रायन ३–० ले अघि बढ्यो ।

जानलले थोमस मुलरको पासमा गोल गरेका थिए । जितसंगै ब्रायन म्युनिखले २२ खेलमा ४६ अंक जोडेको छ ।

दोस्रो स्थानमा रहेको बुरुसिया डर्टमण्डको पनि समान अंक भएतापनि ब्रायन गोलअन्तरका आधारमा शीर्ष स्थानमा उक्लिएको हो ।

पराजित एफसी युनियन बर्लिनको २२ खेलमा ४३ अंक छ । बर्लिन लिग तालिकाको तेस्रो स्थानमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.