एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले बर्नलीका स्ट्राइकर ओउट वेगहर्स्टलाई लोनमा ६ महिनाका लागि ओल्डट्राफेड भित्र्याउने पक्का भएको छ ।

नेडरल्याण्ड राष्ट्रिय फुटबल टोलीका सदस्य वेगहस्र्टलाई युनाइटेडले क्रिस्चियानो रोनाल्डोको विकल्पका रुपमा जारी सिजन भरिका लागि भित्र्याउन लागेको हो ।

कतार विश्वकपको पुर्व सन्ध्यामा क्रिस्चियानो रोनाल्डोले इंग्लिस पत्रकार पिइरे मोर्गानसंग एक विवादास्पद अन्तर्वाता दिएपछि युनाइटेडले रोनाल्डोसंगको सम्झौता आपसी सहमतिमा रद्द गरेको थियो ।

त्यसयता रोनाल्डोको विकल्प खोजिरहेको इरिक ट्याङ ह्याङको नेतृत्वमा रहेको युनाइटेडले छोटो अवधिका लागि वेगहस्र्टलाई भित्र्याउने तयारी गरेको हो ।

गतसाता युनाइटेडले बर्नलीबाट लोनमा एक वर्षका लागि टर्किस क्लब बेसकतासमा रहेका डच फरवार्ड भित्र्याउने तयारी गरेको थियो ।

च्याम्पियनसिप क्लब बर्नली सकारात्मक भएपछि युनाइटेडले टर्किस क्लबसंग कुराकनी अगाडी बढाएको थियो । जसअनुसार २.५ पाउण्डमा सहमति भएको युरोपेली मिडियाहरुले जनाएका छन् ।

गएको जनवरीमा बर्नलीमा आबद्व भएका वेगहर्स्टले २० प्रिमियर लिग खेलमा मात्र २ गोल गरेका थिए । सोहि सिजन बर्नली प्रिमियर लिगबाट रेलिगेशनमा परेको थियो ।

त्यसपछि बर्नलीले डच खेलाडीलाई लोनमा टर्किस क्लब पठाएको थियो । बर्नलीमा फ्लप खेलाडीको उपमा पाएको ३० बर्षिय खेलाडीले टर्की बसाइमा भने १७ खेलमा ९ गोल गरिसकेका छन् ।

यस्तोमा ओल्डट्राफिेड आगमन कस्तो होला ? त्यसको लागि भने केहि समय कुर्नेपर्ने हुन्छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.