भक्तपुर । पोर्चुगिच फरवार्ड क्रिचियानो रोनाल्डोको बहिर्गमनसंगै वैकल्पिक फरवार्डको खोजीमा रहेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले डच खेलाडी कोडी गाक्पोलाई भित्र्याउने चासो देखाएको छ ।

हुन त यसअघि पीएसभीका खेलाडीलाई युनाइटेडले सिजनको सुरुवातमै ओलट्राफेड भित्र्याउने प्रयास गरेको थियो ।

तर, ब्राजिली खेलाडी एन्टोनीलाई भित्र्याउन सफल भएसंगै युनाइटेडले गाक्पोलाई छोडेको थियो ।

कतार विश्वकपको ठ्याक्कै अगाडी क्रिचियानो रोनाल्डोसंग युनाइटेडको सम्झौता रद्द भएसंगै फेरी युनाइटेड एट्याकरको खोजीमा लाग्यो । इंरिक ट्याङ ह्याङको नेतृत्वमा रहेको युनाइटेडले फेरी गाक्पोमाथि नजर लगायो ।

सिजनको सुरुवाती समयमा करिव २५ मिलियन पाउण्ड स्टर्लिङमा सहमति नजिक रहेको गाक्पो इंग्लिस क्लबले भित्र्याउन अब मोटो रकम खर्च गर्नु पर्ने भएको छ ।

नेडरल्याण्डको क्लब पीएसभीले अब गाक्पोका लागि मोटो रकम माग गर्ने तयारी गरेको छ ।

जारी सिजनमा गाक्पोले डच क्लबका लागि ९ गोल गर्नुका सार्थ १२ असिस्टसमेत प्रदान गरेको छ ।

यस्तोमा कतारमा जारी फिफा विश्वकपमा पनि गाक्पोको प्रदर्शन उम्दा खालको रह्यो । उसले डच जर्सीमा ३ गोल गर्दै नेडरल्याण्डलाई अन्तिम आठसम्मको यात्रा तय गराए ।

जसले गर्दा युरोपका ठूला क्लबहरुको नजर पनि गाक्पोमाथि पर्न गएको छ ।

पीएसभीले हिर्भिङ लोजानो सिरी ‘ए’ क्लब नापोलीलाई बेच्दा ४५ मिलियन पाउण्ड स्टर्लिङ पाएको थियो । यो नै डच क्लबको खेलाडी सरुवा बजारबाट पाएको क्रितिमानी आम्दानी हो ।

अब पीएसभी गाक्पोका लागि आउने सरुवा बजारमा कम्तिमा उक्त रकम भन्दा बढी माग दाबी गर्नेमा देखिन्छ ।

यस्तोमा २० पटकको इंग्लिस प्रिमियर लिग विजेता क्लबका लागि गाक्पो भित्र्याउन मोटो रकम खर्चिनु पर्ने पक्का जस्तै छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.