एजेन्सी । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा जारी ९ औं संस्करणको आईसीसी टि–२० विश्वकपमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ ।

मंगलवार विहान भएको खेलमा टेस्ट राष्ट्र अफगानिस्तानले डेब्यु खेल खेलिरहेको एसोसियट राष्ट्र युगान्डामाथि १२५ रनको एकपक्षिय जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

फराकिलो जितसंगै अफगानिस्तानले समूह ‘सी’ मा २ अंक जोड्दै समूह तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

वेस्ट इन्डिजको पनि समान २ अंक नै रहेतापनि नेट रननेटका आधारमा अफगानिस्तान शीर्ष स्थानमा उक्लिएको हो ।

गुयनास्थित प्रोभिडेन्स स्टेडियममा भएको खेलमा १८४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको युगान्डा १६ ओभरमा अलआउट हुँदा मात्र ५८ रनमा समेतियो ।

युगान्डाका लागि रोबिन्सन ओबुयाले २५ बलमा १ छक्का प्रहार गर्दै १४ रन जोडेर पेविलियन फर्किदा रियाजत अली शाहले ३४ बलको सामना गर्नेक्रममा ११ रन जोडेर आउट भए ।

युगान्डाका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बिलाल हस्सन ८, दिनेश नाक्रानी ६, रोनक पटेल र विकेटकिपर सिमोन सेसाजी समान ४–४ रनमा पेविलियन फर्किदा कोसमस केउटा २ रनमा अविजित रहे ।

युगान्डाका ४ ब्याटर शुन्य रनमा पेविलियन फर्किए ।

युगान्डाले अतिरक्त रुपमा ९ रन जोड्यो ।

युगान्डालाई सस्तैमा अलआउट गर्दै एकपक्षिय जित निकाल्न अफगानिस्तानका लागि फजलहक फारुकीले ४ आभर बलिङ गर्दै मात्र ९ रन दिएर सर्वाधिक ५ विकेट लिँदा नविन उल हकले २ ओभर बलिङ गर्दै ४ रन दिएर २ विकेट लिए ।

त्यस्तै, कप्तान राशिद खानले ४ ओभर बलिङ गर्नेक्रममा १२ रन दिएर २ विकेट लिँदा मुजिब उर रहमानले ३ ओभर बलिङ गर्दै १६ रन दिएर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १८३ रन जोड्यो ।

अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान तथा विकेटकिपर रहमानुल्लाह गुरबाजले ४५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ७६ रनको अर्धशतकिय पारी खेल्दा अर्का ओपनर इब्राहिम जडरानले ४६ बल खेल्नेक्रममा ९ चौका र १ छक्का प्रहार गर्दै ७० रनको अर्धशतकिय परी खेले ।

त्यस्तै, मोहम्मद नाबीले १६ बलमा १४ रन जोडेर अविजित रहँदा अज्मतुल्लाह ओमारजायी ५, गुलबदिन नाइब ४, नाजिबुल्लाह जडरान २ रनमा पेविलियन फर्किए ।

यता, राशिद खान २ रनमा अविजित रहे ।

अफगानिस्तानले अतिरिक्त रुपमा १० रन जोड्यो ।

युगान्डाका लागि ब्रियान मासाबाले ४ ओभर बलिङ गर्दै २१ रन दिएर २ विकेट लिँदा कोसमस केउटाले ४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिए ।

त्यस्तै, अल्पेश रामजानीले १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.