एजेन्सी । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी दुई पक्षिय टि–२० आई सिरिज भ्रमणकारी टोली स्कटल्याण्डले जितेको छ ।

विहिवार राति भएको सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली युएईलाई ३२ रनले हराउँदै स्कटल्याण्डले सिरिज २–१ ले जितेको हो ।

त्यसअघि सिरिज १–१ को बराबरीमा थियो ।

दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा ९५ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको युएई १५.२ ओभरमा अलआउट हुँदा मात्र ६२ रनमा समेतियो ।

युएईका लागि आकिफ राजाले २५ बलमा ३ चौका प्रहार र्गै २८ रन जोड्दै पेविलियन फर्किदा राहुल चोपराले १९ बल खेल्नेक्रममा १४ रन जोड्दै आउट भए ।

अलिशान शरफु र अश्वन्थ भालथापा समान ५–५ रनमा आउट हुँदा अन्य ७ ब्याटरले अंकको खाता समेत खोल्न सकेन ।

युएईले अतिरिक्त रुपमा १० रन जोड्यो ।

यएईको ब्याटिङ लाईनलाई धराशायी बनाउँदै खेल जित्न भ्रमणकारी टोली स्कटल्याण्डका लागि ब्राडले करी, ज्याक जार्भिस र मार्क वाटले समान ३–३ विकेट लिँदा क्रिस ग्रेभ्सले अर्को १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको स्कटल्याण्डले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन जोड्यो ।

स्कटल्याण्डका लागि ओपनर ब्याट्सम्यान जर्ज मुन्सेले १८ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २१ रन जोडेर आउट हुँदा विकेटकिपर चार्ली टेरले २७ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै १६ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, मार्क वाटले १३ बलमा १३ रन जोड्दै आउट हुँदा माइकल लिक्सले १५ बल खेल्दै १ चौका प्रहार गर्दै ११ रन जोडेर पेविलियन फर्किए ।

यता, ब्राडले करी ८ रनमा अविजित रहँदा ब्रान्डन म्याकमुलेनले ९, ज्याक जार्भिस ४, क्रिस ग्रेभ्स २, कप्तान रिची बेरिङटन र सफयान शरिफ समान १–१ रनमा पेविलियन फर्किए ।

हम्जा ताहिर भने शुन्य रनमा आउट भए ।

स्कटल्याण्डले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

युएईका लागि ओमिद रहमान र आयान अफजल खानले समान ३–३ विकेट लिँदा आकिफ राजा र बसिल हामिदले समान २–२ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.