भक्तपुर । नेपाली खेलाडी अनिशा खड्काले युएईमा भएको मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् ।
फाइनल खेलमा अनिशाले सुडानकी नवल फागिरलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।
आबुधाबीमा भएको खेलमा अनिशाले महिला ७१ केजीमुनिको तौल समूहमा स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिएका छन् ।
प्रतियोगिता जनवरी २७ देखि २९ तारिखसम्म भएको थियो ।